मर्निङवाकमा निस्किएकी मियाँ मृत फेला

मर्निङवाकमा निस्किएकी मियाँ मृत फेला


तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छिन् ।

व्यास नगरपालिका–३ शान्ति नगरको भिरमुनि मादी नदी किनारमा भारत सीतामणि घर भई हाल व्यास नगरपालिका–२ बस्ने ४० वर्षीया अब्दुल मियाँ मृतावस्थामा फेला परेकी हुन् ।

मंगलबार बिहान मर्निङवाकमा निस्किएकी मियाँ बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शान्तिनगरको भिरनजिकै लठ्ठी र चप्पल फेला परेपछि प्रहरीले मियाँको खोजी गरेको थियो ।

मृतक मिया प्यारालाइसिसकी बिरामीसमेत रहेकी थिइन् ।