सरकारले स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीलाई सरुवा गरेको छ । उनलाई मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको हो । यसको औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन । उता सचिव डा. चौधरी भने सकेसम्म यो सरुवा रोक्ने कसरतमा रहेको बताइन्छ ।
उपेन्द्र यादव सरकारमा सहभागी भएर उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेपछि उनको सचिव चौधरीसँगको सम्बन्ध सुमधुर नभएको समाचारहरू सार्वजनिक हुँदै आएका बेला चौधरीको सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सचिव चौधरीको स्वास्थ्य मन्त्रालयबाट सरुवा भएपछि डाक्टर सुशीलनाथ प्याकुरेललाई तत्कालका लागि स्वास्थ्य मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।
प्रतिक्रिया