बडादशैँको अन्तिम दिन आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले आज टीका ग्रहण गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग टीकाको दिनदेखि हालसम्म पनि निरन्तर रूपमा टीका ग्रहण गर्ने विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य भीड लागेको छ ।
बडादशैँको अन्तिम दिन आज मन्त्री, प्रतिनिधिसभाका सदस्य, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तित्व, राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण गरी करिब दुई सयजनाले टीका ग्रहण गरेका छन् ।
टीका लगाइदिँदै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ देश विकासमा एक ढिक्का भई समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि आ–आफ्नो ठाउँबाट लागिपर्न सबैमा दशैँले प्रेरणा मिलोस्् भन्ने सबैमा शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया