सरकार असफल : गजुरेल

सरकार असफल : गजुरेल


नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलले जनगणतन्त्र स्थापना गरे मात्र जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताएका छन् ।

यहाँ राजधानीमा आयोजित साक्षात्कारमा गजुरेलले संविधानमा दुई वर्षसम्म कुनै प्रधानमन्त्रीलाई हटाउन नमिल्ने प्रावधान राखेर राजनीतिक दलहरूले गम्भीर त्रुटि गरेको आरोप लगाउँदै ‘थुप्रै त्रुटि रहेको यो संविधानलाई’ खारेज गरेर जनगणतन्त्र ल्याउनुपर्नेमा जोड दिए ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको, बजारमा महँगी नियन्त्रण गर्न नसकेको, सुन तस्करलाई कारबाही नगरेको र निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै नेता गजुरेलले यो सरकार सफल भएको भन्ने ठाउँ नै नरहेको टिप्पणी गरे ।

अर्को प्रसंगमा उनले नेत्रविक्रम चन्द, मोहनविक्रम सिंह तथा ऋषि कट्टेल नेतृत्वका कम्युनिस्ट पार्टीसँग आफ्नो पार्टीको एकीकरणका लागि वार्ता भए पनि निष्कर्षमा पुगिनसकेको जानकारी दिए ।