कुनै न कुनै कारण चर्चामा आइरहने अभिनेत्री रेखा थापा विवाहको विषयलाई लिएर एकपटक फेरि चर्चामा छाएकी छिन् । उनको आफ्नै लगानी र निर्देशनमा निर्माण भएको र छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिम्मतवाली’का कारण रेखा यतिबेला चर्चामा छिन् भने अर्कोतर्फ उनले पुनर्विवाह गर्न लागेको विषयले पनि चलचित्र बजार गर्माएको छ । वास्तविकता के हो त ? यसै विषयमा केन्द्रित रही रेखासँग गरिएको कुराकानी :
० जब–जब आफू अभिनीत चलचित्र हलमा चल्ने समय हुन्छ, तब–तब स्क्यान्डल मच्चाउन रेखा खप्पिस छिन् भन्छन् नि ?
– वास्तवमा म सस्तो चर्चा र लोकप्रियताका लागि स्क्यान्डल मच्चाउँदिनँ । जुन चर्चा चल्छ त्यो कृत्रिम नभई वास्तविक मुद्दामै आधारित हुन्छ ।
० विवाह गर्ने भन्ने कुरा पनि वास्तविक नै हो त ?
– एउटी अविवाहित महिलाले बिहे गर्ने सुरसार गर्नु भनेको अवास्तविक र स्क्यान्डल मच्चाउनु हो र ? मैले मेरो जीवनलाई आफ्नै कोणबाट निर्णय गर्न खोज्नुलाई किन स्क्यान्डल भनिएको होला ?
० उसो भए फेरि गरिने भइयो होइन त बिहे ?
– फेरि रे ?† योभन्दा पहिले मैले कहिले पो बिहे गरेकी छु र ?
० निर्माता छवि ओझासँगको बिहे के हो त ?
– मैले औपचारिक रूपमा कसैसँग बिहे गरेकै छैन । कसैसँग सहकार्य गरेर अगाडि बढ्नु वा व्यावसायिक रिलेसन हुनुलाई विवाह गरेको भन्न मिल्छ र ?† विवाहको त एउटा सिस्टम, परम्परा अनि नीति हुन्छ नि ? सँगै बसेर खाँदा, हिँडडुल गर्दा वा एकै छानामुनि रहँदैमा कसरी विवाह गरेको भन्न मिल्छ र ?
० अनि विवाहचाहिँ कहिले हुन्छ नि ?
– चाँडै हुन्छ, डेट फिक्स भइसकेको छैन, भएपछि खबर हुन्छ ।
० केटा छानिसक्नुभयो त ?
– छानिसकेँ । अब चाँडै सार्वजनिक पनि गर्छु ।
० नाम वा पेसा भन्न मिल्छ कि ?
– अहिले मिल्दैन । एकैपटक सबै कुरा सार्वजनिक गर्ने हो ।
० कुन क्षेत्रको ? सिनेक्षेत्रकै कि बाहिरको ?
– त्यो पनि अहिले नभनौँ ।
० यतिबेला विवाह गर्ने सोच किन आयो एक्कासि ?
– विवाह र मृत्यु आफ्नो सोच, योजना वा तयारीमा हुँदैन रहेछ, आफैँ जुर्ने विषय रहेछ यो । भनौँ, मेरो जीवनमा पनि त्यही हुँदै छ ।
० रेखा थापाले घरजम गरेर खान सक्दिनन् भन्नेहरू पनि छन् नि ?
– मेरोबारेमा मेरै क्षेत्रमा कसले पो राम्रो कुरा गर्छन् र ? यो चल्दिनँ, यसको फिल्म फ्लप हुन्छ भन्नेहरू पनि त थुपै्र थिए नि । खोइ त आज कुन दुलामा गए ती ?
० अनि हिम्मतवाली के हुँदै छ नि ?
– भर्खर मिडियामा गीतहरू दिएँ । राम्रो प्रतिक्रिया पाएकी छु । दशैँको फूलपातीदेखि आउँदै छ । यसपटक पनि कालीभन्दा तहल्का मच्चाउलाजस्तो छ । दर्शकहरूलाई महान् चाड दशैँका लागि ‘हिम्मतवाली’ नै हो मेरो उपहार ।
सुरु भयो बिहेको लहर
यतिबेला थुप्रै चलचित्रकर्मीलाई विवाह गर्ने जोस, जाँगर र उमङ्गले छोएजस्तो छ । महानायक राजेश हमालले बिहे गरेपछि त विवाहको बारेमा खुलेर कुरा नगर्ने तथा गुपचुप पे्रममा सीमित रहेका कलाकर्मीहरू पनि खुल्लमखुला ‘अब हामी पनि विवाह गर्दै छौँ’ भनेर सगर्व घोषणा गर्न थालेका छन् ।
विवाह गर्नका लागि कुनै निश्चित उमेर हुँदैन रहेछ भन्ने कुरा हमालको बिहेले प्रस्ट्याइसकेको छ । यसैबाट प्रेरित भएर होला, राजेशकै उमेर हाराहारीका अभिनेता श्रीकृष्ण श्रेष्ठ, चरित्र अभिनेत्री मिथिला शर्मा पनि निकै उत्साहित भएर विवाहको बारेमा सार्वजनिक धारणा दिन थालेका छन् । चलचित्र ‘कहाँ भेटिएला’को सफलतासँगै पे्रमप्रसङ्गमा बाँधिएका श्रीकृष्ण र सो चलचित्रकी अभिनेत्री श्वेता खड्काबीच पे्रम र मायाको कुरा बजारमा बारम्बर नआएका होइनन् । तर, यो जोडीको विवाहबारे भने आधिकारिक धारणा आउन सकेको थिएन, अब भने त्यो रहस्य पनि छताछुल्ल भएको छ । उमेरले दुवै छिप्पिसकेका छन्, तर दुवैले अहिले आएर मात्र विवाह गर्ने कुरा स्वीकारेका छन् । रातदिन सँगै हिँड्ने श्रीकृष्ण र श्वेतामध्ये श्वेतालाई चाहिँ ‘श्रीकृष्णले आफूसँगै बिहे गर्ने हुन् कि होइनन् ?’ भन्ने थोरै भए पनि त्रास थियो । तर, ढिलै आएर भए पनि आफूले श्वेतासँगै विवाह गर्ने उनले बताएपछि श्वेता निकै फुरुङ्ग हुन थालेकी छिन् ।
उमेरले पनि श्वेतालाई धोका दिन लागिसकेको थियो भने उनले अन्य क्षेत्र वा पेसाको पुरुषसँग विवाह गर्ने कुरा असम्भवजस्तै बन्न पुगेको थियो । दिनरात श्रीकृष्णसँगै हुने, विदेश पनि उनीसँगै जाँदा ती दुईबीचको सम्बन्ध अझै प्रगाढ गएको देख्दा दुवैको सम्बन्धलाई नजिकबाट नियाल्नेहरूले यी दुईबीच वैवाहिक सम्बन्ध गाँसिनैपर्ने धारणा प्रकट गर्दै आएका थिए । अन्तत: त्यस्तै हुने भएपछि यतिबेला कुरा काट्नेहरूको मुख मात्र थुनिएको छैन कि डराई–डराई अभिनेता श्रीकृष्णसँग नजिक भएकी अभिनेत्री श्वेता खड्काको डर–त्रास दूर हुन पुगेको छ । परिवारबाट विवाह गर्नुप¥यो भन्ने दबाब आइरहने, तर जोसँग विवाह गर्नुपर्ने हो त्यसैले वास्ता नगरेपछि के भन्ने ? निकै तनावमा रहेकी श्वेता खड्का श्रीकृष्णले आफैँसँगै विवाह गर्ने निधो गरेपछि ढुक्क र तनावमुक्त भएकी छिन् ।
यता चरित्र अभिनेत्री मिथिला शर्मा पनि अब विवाहको तयारीमा जुटेकी छिन् । ‘विवाह यही वर्षमा हुन्छ, तर कहिले हुन्छ अहिले भन्दिनँ,’ उनले भनिन् । यतिबेला चलचित्र ‘अझै पनि’को सुटिङमा व्यस्त मिथिला शर्मा आफूले विवाहको प्रसङ्गलाई अनावश्यक तवरमा प्रचारप्रसार नगर्ने बताइन्, ‘म विवाह गर्दै छु र यही वर्षभित्र । यति कुरा भनेपछि त छर्लङ्ग भइगयो नि ।’ पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरासँग विवाह गर्ने तयारीमा रहेकी मिथिलालाई यो उमेरमा आएर कसरी विवाह गर्ने सोच र योजना आयो त ? जवाफमा उनले ‘मेरो विवाहको लगन अहिले नै जुरेछ’ मात्र भनिन् ।
अभिनेत्री नीता ढुङ्गाना पनि विवाह सम्बन्धमा गाँसिन लागेको कुरा बजारमा आएको छ । उनले भने आफ्नै उमेर सुहाउँदो पुरुष भेट्टाएको चर्चा छ । चलचित्र क्षेत्रभन्दा बाहिरको पुरुषसँग विवाह गर्न लागेकी नीताले अलिक हतारिएर विवाह गर्न लागेकी हुन् कि भन्ने कुरा पनि नआएको होइन । तर, उनले आफ्नो बेला पुगिसकेको जनाउ दिएकी छिन् ।
चलचित्र क्षेत्रमा राम्रोसँग जम्न वा टिक्न नसकिरहेकी नीताले चलचित्र क्षेत्रमा आफ्नो भविष्य नदेखेर पनि विवाह गर्न लागेको कुरालाई सही ठान्न थालिएको छ । चलचित्र क्षेत्रमा यता न उता भएर अड्किरहनुभन्दा एउटा परिवारमा व्यवस्थित भएर गृहस्थी चलाउनुलाई नै उनले उचित ठानेको पाइएको छ ।
‘सिनेमाण्डु’मा धन्दा
भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको आयोजनामा गत शुक्रबार नेपाल वायुसेवा भवनमा नेपाली चलचित्र ‘धन्दा’ प्रदर्शन भयो । सुदर्शन थापाद्वारा निर्मित तथा निर्देशित ‘धन्दा’ सिने–समीक्षकहरूद्वारा अत्यन्त सह्राइएको फिल्म हो भने सत्य घटनामा आधारित भनिएको यो सिनेमा आफ्नो परिवारलाई आर्थिक रूपले सघाउ पु¥याउनका लागि विदेशिने नेपाली युवाको कथामा आधारित छ । वैदेशिक रोजगारीका सिलसिलामा म्यानपावर कम्पनीहरूबाट हुने ठगी तथा अनियमितता, बेरोजगार युवाले भोग्नुपर्ने अनेक हैरानी वा प्रताडना र त्यसका कारण शारीरिक एवम् मानसिक रूपमै पुग्ने क्षतिबारे ‘धन्दा’मा मनछुने गरी प्रस्तुतीकरण गरिएको छ । अभिनेता अर्पण थापा र अभिनेत्री सुमना केसीले पीडित युवाको चरित्रमा जीवन्त अभिनय गरेका छन् ।
कार्यक्रममा कलाकारद्वय अर्पण र सुमनाका साथमा अर्का प्रोड्युसर बाबुराम दाहाल पनि सहभागी थिए । उनीहरूले उपस्थित दर्शकसँग प्रदर्शित चलचित्रबारे अन्तरक्रिया पनि गरे । नवोदित नायिका सुमनाले आफ्नो यो पहिलो चलचित्र भएकाले आफ्ना लागि अहम् महŒवको रहेको प्रस्ट्याउँदै सिनेपर्दामार्फत अभिनय कला प्रदर्शन गर्ने अवसर दिएकोमा निर्माता तथा निर्देशकप्रति आभार प्रकट गरिन् । यसैगरी निर्माता बाबुराम दाहालले ‘धन्दा’मार्फत आर्थिक लाभ खासै नभए पनि या व्यावसायिक रूपमा यो पछि परे पनि नेपाली समाजका आमयुवाले भोग्नुपरेका पीडामा आधारित मनछुने चलचित्र बनाएर आफूलाई अत्यन्त खुसी दिलाएको प्रतिक्रिया दिए । चलचित्रका नायक अर्पण थापाले बेजोड अभिनय मात्र नगरी फिल्मको पटकथालेखनमा समेत भूमिका निर्वाह गरेको बताउँदै अर्पणलाई दाहालले साधुवाद दिए । यतिबेला आफ्नो नयाँ चलचित्र ‘मुखौटा’को प्रमोसनमा व्यस्त रहेका अर्पण थापाले दर्शकहरूसँग अन्तरक्रिया गर्दै सिनेमा निर्माणमा आएको नयाँ लहर, व्यावसायिक चलचित्र र यथार्थपरक विषयवस्तुमा आधारित सिनेमाबीच सन्तुलन मिलाउने चुनौती, चलचित्रमा चरित्र–भूमिकाको महŒव, चरित्र वा कलाकारको खुवी चिनेर त्यसलाई सही रूपमा बाहिर ल्यानमा निर्देशकको भूमिका आदि कुरामाथि प्रकाश पारे । ‘सिनेमाण्डु’को उक्त १४औँ शृङ्खलाको अन्त्यमा कलाकार थापाको आगामी चलचत्र ‘मुखौटा’को टीभी प्रोमो पनि प्रदर्शित गरिएको थियो ।
प्रतिक्रिया