आन्दोलनका लागि तयार रहन राजपा नेताको आग्रह

आन्दोलनका लागि तयार रहन राजपा नेताको आग्रह


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेतृत्वले राजपा नेपाल देशको तेस्रो ठूलो पार्टी भएकाले वैकल्पिक शक्तिको रुपमा एक ढिक्का भएर अगाडि बढ्ने उदघोष गरेको छ ।

दिपावली तथा छठ पर्वको अवसरमा गोडैता (सर्लाही)मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राजपाका नेताहरुले सो कुरा बताएका हुन्।

राजपा नेपालसँग सरकारले गरेको सहमति अनुसार संविधान संशोधन, रेशम चौधरीको रिहाई, झुठा मुद्दा फिर्ता लगायतको माग पूरा गरिएन भने कडा आन्दोलनमा उत्रिन बाध्य हुने राजपा पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए ।

त्यस्तै अध्यक्ष मण्डलका अर्का शरदसिंह भण्डारीले महाधिवेशनबाट राजपा नेपाल एक ढिक्कामा बाँधिने विश्वास व्यक्त गरे ।

यसैगरी, अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादवले गोडैता नगरपालिकालाई नमूना नगरपालिकाको रुपमा विकास गरिनुपर्नेमा जोड दिँदै उखु किसानको समस्या समाधानका लागि आफूहरुले पहल गर्ने बताए ।

अध्यक्ष मण्डलका अर्का सदस्य अनिलकुमार झाले चाहिँ संविधान संशोधन भएन भने पुनः आन्दोलनका लागि तयार रहन सम्बन्धित सबैमा आग्रह गरे ।