प्रचण्ड आज दिल्ली जाँदै

प्रचण्ड आज दिल्ली जाँदै


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नयाँ दिल्ली जान लागेका छन् । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बिहान गएर नयाँ दिल्लीको एक कार्यक्रममा सहभागी भई साँझ काठमाडौँ फर्किने भएका हुन् ।

अध्यक्ष प्रचण्ड भारतीय सत्तारुढ पार्टी (भाजपा) द्वारा सञ्चालित थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन दिल्ली जान लागेका हुन् ।

इण्डिया फाउडेशनले नेपाल–भारतको पछिल्लो सम्बन्धका बारेमा वहस गराउँदैआएको छ ।