डलर बढेपछि सुन ६ वर्षयताकै सबैभन्दा महँगो

डलर बढेपछि सुन ६ वर्षयताकै सबैभन्दा महँगो


बिहीबार नेपाली बजारमा सुनको मूल्य ६० हजार नाघेको छ । बुधबारको तुलनामा प्रतितोला तीन सयले वृद्धि भएपछि नेपाली बजारमा छापावाल सुनको कारोबार ६० हजार चार सयमा भएको थियो । त्यसैगरी तेजावी सुनको कारोबार ६० हजार एक सयमा भएपछि सुनको भाउ ६ वर्षयताकै उच्च बनेको हो ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकन डलर मजबुत बन्दै गएपछि नेपालमा पनि त्यसको प्रत्यक्ष असर देखिन थालेको हो । डलर मजबुत बन्दै गएपछि नेपालमा सुनको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायी बताउँछन् ।

पछिल्लो समयमा अमेरिकन डलरको भाउ निरन्तर बढिरहेको छ । केही समयअघिसम्म १ अमेरिकी डलरको भाउ नेपाली रुपैयाँ १०७ देखि १०८ को आसपास रहेकोमा बढेर ११९ रुपैयाँ ३३ पैसासम्म पुगेको थियो ।