दीक्षान्त समारोहका लागि फारम भर्ने समयावधि थप

दीक्षान्त समारोहका लागि फारम भर्ने समयावधि थप


त्रिभुवन विश्वविद्यायलले ४४औँ दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा थप गरेको छ । त्रिविले अनलाइनको फारम भर्ने अवधि ०७५ कात्तिक ७ गतेसम्म तोकेको थियो ।

विजयदशमीको लामो बिदाका कारण उक्त अवधि पुनः थप गरिएको त्रिविले जनाएको छ । त्रिविले दशैँ बिदालाई दृष्टिगत गर्दै दीक्षान्त समारोहका लागि फारम भर्ने समय ०७५ कात्तिक १५ गतेसम्म कायम हुने गरी समय थप गरेको जनाएको छ ।