बस दुर्घटना, एघार घाइते

बस दुर्घटना, एघार घाइते


पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौंका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्किदाँ सो दुर्घटनामा भएको हो । दुर्घटनमा परी घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताए । घाइतेको नाम, ठेगाना खुल्न बाँकी रहेको उनले बताए ।

गए राति भएको अर्को सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते हुनुभएको थियो । उनको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।