नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको आरोप लगाएका छन् । गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने भन्दै आयोगको निर्णय विरुद्ध सर्वाेच्च अदालत जाने उनले बताए ।
आधिकारिक पत्र आफूहरूलाई नआएको मिडियाबाट मात्रै थाहा पाएको बताउँदै उनले पत्र आएपछि उक्त निर्णयविरुद्ध आफूहरू एक हप्ताभित्रैमा सर्वाेच्च जाने चेतावनी दिए ।
व्यावहारिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भनेपछि कमा, कोष्ट राख्दैमा त्यसको पहिचान हुने खालका कुनै पनि नाम अरुलाई दिन नहुने धारणा राख्दै छुट्टै पहिचान हुने खालको नाम दिनुपर्ने उनको तर्क छ । आफू, मोहन वैद्यलगायतसँग मिलेर नयाँ कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्न लागेको खुलासा समेत गरे ।
प्रतिक्रिया