कर्णाली प्रदेशसभा सञ्चालनमा सहमति, बैठक दिउँसो १ बजे बस्ने

कर्णाली प्रदेशसभा सञ्चालनमा सहमति, बैठक दिउँसो १ बजे बस्ने


प्रतिपक्षी काङ्गे्रसको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभाको बैठक आज आइतबारदेखि सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालयमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र प्रतिपक्षी दलबीच बैठक सञ्चालनका विषयमा सहमति जुटेको हो ।

प्रदेशसभाको असोज २३ र २६ गतेको बैठकमा काङ्गे्रसले चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै अवरोध गरेको थियो । संसद् बैठक आज दिउँसो १ बजे बस्नेछ ।

सभामुख राजबहादुर शाहीले भोलिको बैठकमा सरकारले संसद्लाई रातो किताब उपलब्ध गराउने, प्रदेशसभा र सरकारका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधयेक ल्याउन भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीले धारणा राख्ने कार्यसूची तय भएको बताए ।