अस्वस्थताका कारण प्रधानमन्त्रीका आजका नियमित कार्यक्रम स्थगित

अस्वस्थताका कारण प्रधानमन्त्रीका आजका नियमित कार्यक्रम स्थगित


छातीमा संक्रमण भएपछि नेकपाले हिजो शनिबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन नसकेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आजका नियमित कार्यक्रम पनि स्थगित गरिएका छन् ।

भाइरल ज्वरोका कारण छातीमा संक्रमण भएपछि प्रधानमन्त्री ओलीलाई तीन दिन आराम गर्न चिकित्सकले सुझाव दिएअनुसार उनी बालुवाटारमा आराम गरेर बसेको बुझिएको छ ।

एघार वर्षअघि ०६४ मा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमण भएपछि स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको बालुवाटारको भनाई, हेर्नुहोस् विज्ञप्ति-