तीन जिल्ला हेर्ने गरी फिदिममा स्वास्थ्य कार्यालय स्थापना

तीन जिल्ला हेर्ने गरी फिदिममा स्वास्थ्य कार्यालय स्थापना


जिल्ला स्वास्थ्य कार्यालयको पुनस्र्थापना गरिएको छ । संघीय संरचनाअनुरूप जिल्ला जनस्वास्थ्य कार्यालय हटेपछि तीन जिल्ला हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय पुनस्र्थापना गरिएको हो ।

आज फिदिममा एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उक्त कार्यालयको उद्घाटन गरेका हुन् । उनले स्वास्थ्य कार्यालय सञ्चालनपछि तीन जिल्लाका बासिन्दालाई सहज हुने बताए ।

जिल्ला समन्वय समिति संयोजक विष्णुप्रसाद सापकोटाले कर्मचारी र औषधिको अभाव तथा भौतिक पूर्वाधार निर्माण गर्न सके मात्रै स्वास्थ्य क्षेत्रका समस्या पूरा हुने बताए । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जिल्ला स्वास्थ्य कार्यालयले गर्ने काममा जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने बताए ।

स्वास्थ्य निर्देशनालय विराटनगरका प्रमुख भूपेन्द्रराज डोटेलले रोग निन्त्रण तथा स्थानीय तह र प्रदेशसित समन्वय गरेर काम गर्न कार्यालय स्थापना गरिएको बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले पाँचथर, ताप्लेजुङ र इलामलाई हेर्ने गरी सो कार्यालय स्थापना गरिएको जानकारी दिए ।