करिब १५ अंक घट्यो नेप्से

करिब १५ अंक घट्यो नेप्से


धितोपत्र बजारमा आज सेयरको मूल्यमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोबार मापक सूचक नेप्से १४ दशमलव ७३ बिन्दुले झरेर एक हजार २ सय २६ दशमलव ३८ बिन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा एक दशमलव १९ बिन्दुले बजार ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३ दशमलव २३ बिन्दुले ओरालो लागेर २६० दशमलव ७८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम भने सामान्य अवस्थामा नै छ । कुल १६० कम्पनीको ११ लाख ९७ हजार १०६ कित्ता शेयर रु. ३२ करोड ६४ लाख ८३ हजार ६७३ मूल्यमा खरिद–बिक्री भएको छ ।

आज बैंकिङ १६ दशमलव ८१, होटेल १५ दशमलव एक, विकास बैंक १० दशमलव ६, जलविद्युत् नौ दशमलव ७५, वित्त ६ दशमलव ५, निर्जीवन बिमा ७९ दशमलव ७३, उत्पादन ३ दशमलव ७२, अन्य २ दशमलव ३७, माइक्रोफाइनान्स १४ दशमलव ९७ र जीवन बिमा ५४ दशमलव ११ बिन्दुले ओरालो लागेको छ ।

स्टकका अनुसार ओरालो लागेको बजारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, रैराङ जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् भने आईएमई जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड फाइनान्स कम्पनी र गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।