नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले लोकतन्त्रको दुरुपयोग गर्दै मुलुकमा छाडापन हाबी भएको बताएका छन् । राजधानीमा आइतबार आयोजित स्थानीय निकायका प्रमुख तथा उपप्रमुखको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता नेपालले स्थानीय तहमा भष्ट्रचार बढ्दै गएकोतर्फ इङ्गित गर्दै यसबाट जोगिन जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले जनताको समस्या पहिचान गरी त्यसको समाधानमा आग्रह गर्दै समाजलाई एकताबद्ध बनाउन संकल्प लिए असम्भव नरहेको बताए ।
नेता नेपालले निकट भविष्यमा नेपालमा एशिया प्यासफिक सम्मेलन हुन लागेको खुलासा गर्दै सो सम्मेलमा ७० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख तथा पूर्वप्रमुखहरुको सहभागिता रहने र त्यसले नेपालको प्रतिष्ठा बढाउने दाबी गरे ।
प्राडा चन्द्रमणी अधिकारी अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरेको सो कार्यक्रममा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, अधिवक्ता गोविन्द शर्मा बन्दीले पनि मन्तव्य दिएका थिए भने गायक आन्नद कार्कीले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया