चन्द्रागिरिमा विश्वकप क्रिकेट ट्रफी प्रदर्शन

चन्द्रागिरिमा विश्वकप क्रिकेट ट्रफी प्रदर्शन


अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपाल ल्याइपु¥याएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ । विश्वका पाँच महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँ एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरिमा प्रदर्शनका लागि लागिएको हो ।

ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजक भावना घिमिरेले जानकारी दिइन् । यसअघि ट्रफी पश्चिम नेपालको पोखरामा प्रदर्शन गरी काठमाडौं फर्काइएको संयोजक घिमिरेले बताइन् ।

ट्रफी प्रदर्शनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लगायको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा स्वागत गरेका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।