आगामी माघमा दोस्रो ‘हिमालयन हाइड्रो एक्स्पो २०१९’ को आयोजना गरिएको छ । ऊर्जा क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई एउटै स्थानमा भेला गराउने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले ‘हिमालयन हाइड्रो एक्स्पो’ २०१९ आयोजना गर्ने भएको छ । इपानले एक्स्पो एण्ड हाइड्रो इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिसँग मिलेर एक्स्पोको दोस्रो संस्करण आयोजना गर्न लागेको हो । इपानले सोमबार पत्रकार सम्मेलन गरेर आगामी माघ ४ देखि ६ गतेसम्म आयोजना हुने एक्स्पोबारे जानकारी दिएको हो । ऊर्जा क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई एउटै स्थानमा भेला गराउने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको इपान अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिए ।
राजधानीको भृकुटीमण्डपमा ३ दिनसम्म चल्ने एक्स्पोमा १ सयभन्दा बढी स्टल राखिने छ । ‘हिमालयन हाइड्रो एक्स्पो’ नाम दिइएको प्रदर्शनीमा जलविद्युत क्षेत्रसँग सरोकार राख्ने स्वदेशी तथा विदेशी कम्पनीका स्टल रहनेछ । एक्स्पोमा जलविद्युत प्रवर्द्धक, उपकरण निर्यातकर्ता, लगानीकर्ता बैंकका प्रतिनिधिलगायतको प्रत्यक्ष सहभागिता रहने इपानले जनाएको छ । यसपटक ग्रिडमा जोडिएको सौर्य ऊर्जा प्रणालीलाई पनि एक्सपोको आकर्षण बनाइनेछ । एक्स्पोले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पूरा गर्न सहयोग पु¥याउने आयोजकको विश्वास छ ।
प्रतिक्रिया