चौंथो अन्तराष्ट्रिय वैकल्पिक उर्जा सम्मेलन सुरु

चौंथो अन्तराष्ट्रिय वैकल्पिक उर्जा सम्मेलन सुरु


चौंथो अन्तराष्ट्रिय वैकल्पिक उर्जा सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

बीस मुलुकका २ सय ५० भन्दा बढी उर्जा विज्ञहरु सहभागी रहेको अन्तराष्ट्रिय सममेलनले वैकल्पिक उर्जा क्षेत्रको विकासका लागि ठोस रणनीति तय गर्ने बतायएको छ ।

सम्मेलनको उदघाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक उर्जाको विकास गरेर उर्जा संकट समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले वैकल्पिक उर्जा नेपालको समृद्धिको महत्वपूर्ण आधार भएको स्पष्ट पार्नु भयो । उनले मुलुकलाई समृद्ध बनाउन सरकारले उर्जा विकासमा ध्यान दिएको बताए ।
कार्यक्रममा विज्ञहरुले अतिकम विकसित राष्ट्रहरुको विकासमा वैकल्पिक उर्जा महत्वपुर्ण हुने धारणा राखेका थिए ।