आफू अस्वस्थ भएको विषयमा सामाजिक सञ्जाल तथा केही अनलाइन मिडियामार्फत नकारात्मक खबर सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेर भ्रामक समाचारको भ्रममा नपर्न आग्रह गरेका छन् ।
आज मंगलबार आफ्नै हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा कुत्सित मनसाय बोकेका केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा गरिएको भ्रामक प्रचारबाजीबाट प्रभावित नहुन प्रधानमन्त्रीले समस्त नागरिकसँग आग्रह गरेका हुन् ।
केही सामाजिक सञ्जालकर्ता तथा अनलाइन पोर्टलले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था निकै जटिल रहेको भ्रामक खबर सार्वजनिक गरेका थिए । प्रम ओलीले यस्ता खबरप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत सबैलाई स्पष्ट पारेका हुन् । विज्ञप्तिमा प्रधानमन्त्रीले भनेका छन्, ‘म अस्पतालबाट छिट्टै फर्कनेछु र समृद्ध नेपाल बनाउने साझा अभियानको नेतृत्व गर्नेछु ।’

प्रतिक्रिया