सरकारी ढुकुटीमा २ खर्ब १ अर्ब ४५ करोड नगद मौज्दात

सरकारी ढुकुटीमा २ खर्ब १ अर्ब ४५ करोड नगद मौज्दात


चालू आर्थिक बर्षको पहिलो २ महिनामा सरकारले गरेको बजेट खर्च गत आर्थिक वर्षको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङकमा चालु खर्चमा समेत घटेको देखिएको छ ।

सरकारले समयमा लक्षित काम अगाडि बढाउन नसक्दा सरकारी संचिति बढेको हो । सरकारी ढुकुटीमा २ खर्ब १ अर्ब ४५ करोड रुपैयाँ नगद मौज्दात देखिन्छ । सरकारी बजेट ५५ अर्ब ९३ कराड बराबरको बचतमा देखिएको छ । राष्ट्र बैंकको नगद प्रवाहमा आधारित कूल सरकारी खर्च ६६ अर्ब ३३ करोड मात्र छ । अघिल्लो वर्ष यस्तो खर्च ७२ अर्ब ३८ करोड रहेको थियो । चालू खर्च ६१ अर्ब ५१ करोड र पूँजीगत खर्च ४ अर्ब १४ करोड मात्र छ । पूँजीगत खर्च अघिल्लो वर्ष भन्दा बढेको देखिन्छ ।

गत वर्षको पहिलो दुई महिनामा १ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको थियो । चालु आर्थिक वर्ष शुरु हुने वित्तीकै कुनै पनि विकास निर्माणका काम सुरु नहुने हुँदा विकास खर्च कम भएको हो । त्यस्तै कतिपय सरकारी खर्च स्थानीय तहबाटै हुने भएकाले पनि केन्द्र सरकारको चालु खर्च कम देखिएको छ । त्यस्तै राजस्व संकलन ३४ दशमलव ३ प्रतिशतले वृद्धि भई १ सय १९ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको ८८ अर्ब ७९ करोड राजस्व आम्दानी भएको थियो ।