प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रूपमा आफ्नो काम थालनी गरेका छन् ।
शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै प्रा.डा. अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेका बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ ।’
अस्पतालका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घन्टा सुधार आएको छ, एन्टिबायोटिकको कोर्स एक–दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको जानकारी दिए ।
प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाबारे अस्पतालले आज बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ ।
रासस
प्रतिक्रिया