उखु लिने तर पैसा नदिने चिनी मिलका मालिक पक्राउ

उखु लिने तर पैसा नदिने चिनी मिलका मालिक पक्राउ


किसानको उखुको मूल्य भुक्तान नतिर्ने उद्योगी राकेश अग्रवाल पक्राउ परेका छन् । उनलाई आज बुधबार काठमाडौंस्थित त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो । अग्रवालले किसानको वर्षौंदेखिको करिब ४६ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

अग्रवालले सञ्चालन गरेको इन्दिरा सुगर एन्ड एग्रो प्रालि नवलपरासीले ८ करोड र अन्नपूर्ण सुगर मिल्स प्रालि सर्लाहीले ३८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

उनको उद्योगमा उखु बिक्री गरेका किसानको पैसा नतिरेपछि किसानकै उजुरीका आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले अग्रवाललाई पक्राउ गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेपछि आज उनलाई पक्राउ गरिएको हो ।