निकै अघिदेखि चर्चा चल्दै आए पनि ‘राप्रपा’हरूबीच पार्टीएकता हुन सकेको छैन । तर, सम्बन्धित नेताहरूले चाहिँ छिट्टै एकता हुने वक्तव्यबाजी गर्दै आएका छन् । यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने पुनः दाबी गरेका छन् ।
सिरहाको मिर्चैयामा बुधबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताए ।
कतिपय नेताहरुको हठका कारण पार्टी अलग–अलग भएको भन्दै उनले राष्ट्रलाई विखण्डन र सर्वसत्तावादबाट जोगाउन पार्टी एकता अपरिहार्य रहेको उल्लेख गरे । केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न देशलाई धर्मनिरपेक्ष बनाएको आरोपसमेत उनले लगाए । देशमा सङ्घीयता आए पनि जनताले महसुस गर्न नसकेको भन्दै उनले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी गरे ।
प्रतिक्रिया