प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुटो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो ।

पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि उक्त अनलाइनका सम्पादक मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसुरअन्तर्गत कारबाही शुरु गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ ।

यस्ता भ्रमपूर्ण र झुटो समाचार सम्प्रेषण नगर्न–नगराउन सो महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।