गैँडा मृतावस्थामा फेला

गैँडा मृतावस्थामा फेला


नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नूरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको भन्नेबारे अझै यकिन नभएको बताए ।

चिकित्सकको टोली गैँडा मरेको स्थानमा पुगेको र शवपरीक्षणपछि मृत्युको कारण यकिन हुने सहायक संरक्षक अधिकृत अर्यालले बताए । दुईवटा गैँडा जुधेर घाइते भएर सो गैँडा मरेको हुन सक्ने उनको भनाइ छ ।