प्रदेशसभा सदस्यद्वारा योजना निरीक्षण शुरु

प्रदेशसभा सदस्यद्वारा योजना निरीक्षण शुरु


राजविराज । प्रदेशसभा सदस्य रुबी कुमारी कर्णले आर्थिक वर्ष २०७४÷०७५ मा संंसदीय विकास कोषको सहयोगमा सञ्चालित योजनाहरुको पूनःमुल्यांकन र निरीक्षण शुरु गरेकी छिन् ।

सप्तरीको शम्भुनाथ नगरपालिकाको लहरनियाँ मुसहरी टोलदेखि राजपुरसम्मको जीर्ण रहेको साना सिचाइँका कुलो/नहरबाट कर्णले अनुगमन शुरु गरेकी हुन् ।

२ किलोमिटरसम्मको योजनाको कामलाई एक्कासी अनुगमनमा पुगेपछि स्थानीयहरु खुसी भएका थिए । सो योजनाबाट हजारौँ कृषक लाभान्वित हुने भन्दै किसानको एक समूहले सभासद कर्णलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।