‘नेपालको समद्धि अभियानमा सरकार असफल हुँदैछ’ : डा. कोइराला

‘नेपालको समद्धि अभियानमा सरकार असफल हुँदैछ’ : डा. कोइराला


नेपाली काङ्ग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा विहिबार मोरङस्थित बुढिगङ्गा गाँउपालिकामा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने चाहना काङ्ग्रेसको पनि रहको बताउँदै तर वर्तमान सरकार जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

सो अवसरमा पूर्वमन्त्री संजय गौतमले काङ्ग्रेसभित्र रहेको आन्तरिक गुटबन्दीका कारण गत निर्वाचनमा पराजय भोग्नु परेको स्मरण गर्दै नेताहरूलाई सच्चिन आग्रह गरे भने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेका मोरङ सभापति डिगबहादुर लिम्बु, प्रदेशसभा सदस्यद्वय केदार कार्की र चुमनारायण तवदारलगायतले काङ्ग्रेसमा सुधार आवश्यक रहेको धारणा राखेका थिए ।