मन्त्रालयको काम नगरेको र मुख्यमन्त्रीप्रति दुव्र्यवहार गरेको अभियोगमा मन्त्रीको जिम्मेवारीबाट हटाइएका प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितको स्थानमा मन्त्री हुने आकांक्षा बोकेर दौडधुप शुरु भएको बुझिएको छ । तर मन्त्री बन्नेहरुको भीड बढेपछि मुख्यमन्त्री डोरमणि पौडेल कसैलाई नचिढ्याउने सोचमा पुगेका छन् । कसैलाई पनि सो मन्त्रालयको जिम्मेवारी तत्काल नसुम्पिने मानसिकता बनाएका मुख्यमन्त्री पौडेलले केसव स्थापितले संहाल्दै आएको मन्त्रालयको जिम्मेवारी आफै लिने भएका छन् ।
प्रदेशमा काम देखाउने मन्त्रालय नै यही रहेको तर यसैमा कामभन्दा कुरा बढी भएर प्रदेश सरकार आलोचित बन्न पुगेको ठहरमा पुगेका मुख्यमन्त्री पौडेलले अब जनताले महसुस गर्ने गरी आफूले काम गरेर देखाउने प्रतिबद्धता जनाएका बुझिएको छ ।
प्रतिक्रिया