पद्मरत्न तुलाधरको निधन

पद्मरत्न तुलाधरको निधन


मानवअधिकारवादी तथा वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको आज दिउँसो नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

७८ वर्षीय तुलाधरलाई मस्तिष्कघात भएपछि कात्तिक ९ गते माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई पाँच दिनअघि नर्भिकमा रेफर गरिएको थियो ।

उनको मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टी गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो । उच्च रक्तचाप र मधुमेहबाट पनि पीडित रहेका तुलाधरको मुटु र फोक्सोले समेत काम गर्न छोडेपछि निधन भएको हो ।

उनको शव लौनचौरस्थित निवास लगिने र बौद्धधर्मअनुसार अन्त्येष्टि गरिने बताइएको छ ।

प्रधानमन्त्रीद्वारा शोक व्यक्त
प्रधानमन्त्री केपी ओलीले मानवअधिकारवादी नेता तथा पूर्वमन्त्रीसमेत रहेका तुलाधरको निधनप्रति शोक व्यक्त गरेका छन् ।

तुलाधरको निधनलगत्तै ट्विटरमार्फत ओलीले शोक व्यक्त गरेका हुन् । वरिष्ठ वामपन्थी नेता पद्मरत्म तुलाधरको निधनले आफू अत्यन्त दुःखी भएको र उनको योगदान वाम आन्दोलनमा स्मरणीय रहने प्रधानमन्त्रीले बताएका छन् ।