आगामी मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ ले काठमाडौंमा जनसभाको आयोजना गरेको छ । सोही कार्यक्रममा विप्लवले समेत मन्तय राख्ने कार्यक्रम तय भएको बुझिएको छ । जनसभामार्फत ‘विप्लव’ सार्वजनिक हुने भएका हुन् ।
यता, नेपाल सरकारले पनि जनसभा अगावै विप्लव समूहसँग औपचारिक वार्ता गर्ने र उनीहरुको मागलाई सम्वोधन गर्ने तयारी थालेको छ । यसका लागि सोमप्रसाद पाण्डे नेतृत्वको राजनीतिक वार्ता समितिले पहल गरिरहेको छ ।
सोमप्रसाद पाण्डे संयोजकत्वको राजनीतिक वार्ता समितिले अहिलेसम्म १९ समुहसँग औपचारिक रुपमा सम्पर्क गरिसकेको छ ।
प्रतिक्रिया