मुक्तिनाथ भुसाल
क्रान्तिकारी पत्रकार संगठन जिल्ला समिति अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा जनआवाज नामक मुखपत्र विमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले आफु एक जनपक्षीय पत्रकारको सदस्यका नाताले मुलुकमा शान्ति र समृद्धि कतै नदेखेको भन्दै तस्करका समाचार लेख्नेहरु राज्यबाटै असुरक्षित हुने गरेको बताए ।
शनिबार आयोजित कार्यक्रममा विशिष्ट अतिथि तथा क्रान्तिकारी पत्रकार संगठनका महासचिव हिम विष्टले आफूअनुकुलको समाचार नभएमा लेख्नेलाई दोषी ठहर्याउँदै पार्टी तोकेर पन्पक्ष व्यवहार गर्ने प्रवृत्ति आफैमा अशोभनीय भएको तर्क गरे ।
यसैगरी, नेपाल कमन्युष्ट पार्टीका जिल्ला इन्चार्ज कमल केसीका अनुसार हिजो बल्खुको दरबार ध्वस्त पार्नुपर्छ भन्ने प्रचण्ड बाबुराम हजारौँको बलिदानलाई बिर्सेर केपी ओलीको पोल्टामा पसेको भन्दै आज चिनी काण्ड, सुन काण्ड, निर्मला हत्याकाण्ड आदि काण्डहरु मुलुकमा दबाइएको बताएका थिए ।
उनका अनुसार प्रचण्डलाई एउटा छोरा गुमाउँदा जसरी बलिन्द्र आशुको पीडामा देखियो त्यसरी नै जनयुद्धमा एकाघरबाट नौ जनासम्म गुमाउनेको पीडा आज सभ्रान्त भेषभुषामा सजिँदै गर्दा उनलाई याद नभएको बताएका थिए । आफुहरु अन्याय तथा मुलुकको पक्षमा आवाज उठाउँदा राज्यबाट पटक पटक असुरक्षित हुनुपरेको उनको गुनासो थियो ।
प्रजिअ खिमराज भुसाल, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेललगायतका वक्ताले शुभकामना मन्तव्य राखेका सो कार्यक्रम भीम कौशलले सञ्चालन गरेका थिए भने कुलराज बन्जाडेले स्वागत मन्तव्य दिएका र क्रान्तिकारी पत्रकार संगठन नेपाल अर्घाखाँचीका अध्यक्ष अनिल नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया