लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज सुधार आएको छ । कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले वृद्धि भएको हो ।
नेप्से परिसूचक ११ दशमलव ९२ बिन्दुले बढेर एक हजार २१९ दशमलव २० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५१ बिन्दुले वृद्धि भई २५९ दशमलव ३२ बिन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भए पनि कारोबार रकममा भने वृद्धि हुन सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता सेयर रु. २४ करोड ४५ लाख ७० हजार ५५२ मूल्यमा खरिद–बिक्री भएका छन् ।
अधिकांश उपसमूहको सेयर कारोबारमा वृद्धि हुँदा बजार हरियाली भएको हो । बैंकिङ ११ दशमलव ५२, होटेल ३७ दशमलव ६२, विकास बैंक १३ दशमलव ५९, जलविद्युत् ७ दशमलव ५९, वित्त २ दशमलव शून्य सात, निर्जीवन बिमा ८७ दशमलव ४५, उत्पादन शून्य दशमलव ७, अन्य २ दशमलव ९, माइक्रोफाइनान्स १७ दशमलव ९८ र जीवन बिमा ४९ दशमलव ६२ बिन्दुले बढेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा सिर्जना फाइनान्स, अरुण काबेली पावर लिमिटेड र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् ।
प्रतिक्रिया