प्रदेश ५ का मुख्यमन्त्री भन्छन्– पत्रकारिताप्रतिको अपराध राज्य र लोकतन्त्रविरुद्धकै अपराध हो

प्रदेश ५ का मुख्यमन्त्री भन्छन्– पत्रकारिताप्रतिको अपराध राज्य र लोकतन्त्रविरुद्धकै अपराध हो


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताएका छन् । सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य सम्बन्धमा घोराहीमा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अपराधको निक्र्योल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा निकायलाई नहुने बताए ।

मुख्यमन्त्री पोखरेलले नागरिकको आवाजलाई सरकारसमक्ष पु¥याउने माध्यम पत्रकारिता भएकाले यसको दुरुपयोग हुनबाट रोक्नुपर्ने बताउँदै विकासको नाममा पत्रकारले विवादलाई महत्व दिन नहुने उल्लेख गरे । अबको समय विकास र समृद्धिको भएको भन्दै उनले पत्रकारिताप्रतिको अपराध राज्यविरुद्ध र लोकतन्त्रविरुद्धको अपराध भएको उल्लेख गरे ।

फ्रिड्म फोरमले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले अहिलेसम्म नेपालमा ३६ जना पत्रकारको हत्या र चारजनाको अपहरण भएको बताए । राज्यले घटनाको सत्यतथ्य छानबिन गरेर पीडितलाई न्यायको महसुस गराउन नसकेको उनको भनाइ थियो ।