नेवि सङ्घद्वारा ढकालको रिहाइको माग

नेवि सङ्घद्वारा ढकालको रिहाइको माग


नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले तपेश्वर माध्यमिक विद्यालय काभ्रेका इकाइ अध्यक्ष कृष्ण ढकाललाई विनाशर्त रिहाइ नगरिए आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले विभिन्न बहानामा नेविसङ्घका कार्यकर्तालाई पक्राउ गर्ने र जेलमा हाल्ने काम गरेकोप्रति विरोध जनाए ।

नेविसङ्घले ढकालको पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द र कात्तिक २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।