मुख्यमन्त्रीको भ्रमण संघीय सरकारलाई जानकारी

मुख्यमन्त्रीको भ्रमण संघीय सरकारलाई जानकारी


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषदमा जानकारी दिएरै थाइल्यान्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा गएको बताइएको छ ।

उनी सुटुक्क अमेरिका गएको भनी आलोचना भएकामा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रतिक्रिया दिँदै लामो समयदेखि घाँटीको समस्याबाट पीडित मुख्यमन्त्री राईको नेपालमा रोग पत्ता लगाउन नसकेपछि बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल अस्पतालमा परीक्षणका लागि गएको बताए । उनी कात्तिक १६ गते बैंकक प्रस्थान गरेको र स्वास्थ्य परीक्षणको प्रतिवेदन केही दिनमै आएपछि स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्री कार्कीका अनुसार मुख्यमन्त्री राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो भ्रमणबारे जानकारी गराएको तर उपचार तथा निजी भ्रमणबारे संघीय सरकारको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छैन । मन्त्री कार्कीले मुख्यमन्त्री राईको भ्रमणका विषयमा अमेरिकामा पत्रकारलाई कुटपिट गरिएको सन्दर्भ जोड्न आवश्यक नभएको पनि जिकिर गरे ।