निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूतमा सिफारिस

निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूतमा सिफारिस


निलाम्बर आचार्यलाई सरकारले भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वकानुन मन्त्री एवं प्रबुद्ध समूहका सदस्य समेत रहेका आचार्यलाई राजदूत सिफारिस गरेको हो । सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेपनि सत्तारुढ दल नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेन ।

यस्तै सकारले युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल र मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गरेको छ । ढकाल परराष्ट्रका सहसचिव हुन् भने पाण्डे पूर्वराजदूत हुन् ।

यता, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बैठकमा महत्वपूर्ण निर्णय भएकोले पछि सार्वजनिक गरिने बता । सरकारले औपचारिक रुपमा कुनै पनि निर्णय सार्वजनिक गरेको छैन । नगरेको बताइएको छ ।