पासवानको निधनमा काङ्ग्रेसद्वारा दुःख व्यक्त

पासवानको निधनमा काङ्ग्रेसद्वारा दुःख व्यक्त


नेपाली काङ्ग्रेसले पार्टीका क्रियाशील सदस्य एवं स्वतन्त्रता सेनानी सोनेलाल पासवानको निधनमा दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी धनुषा काङ्ग्रेसका क्रियाशील सदस्य १०६ वर्षीय पासवानको निधनमा दुःख व्यक्त गरेको हो । ‘पासवान नेपालमा लोकतन्त्र स्थापना र पुनः स्थापनाको सङ्घर्षमा सक्रिय रुपमा सहभागी भएका थिए’, विज्ञप्तिमा भनिएको छ ।

पासवानको निधनबाट काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेसले पासवानको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

पासवानको पार्थिव शरीरमा आज काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, महेन्द्र यादव, रामकृष्ण यादवलगायत नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।