शान्तिपूर्ण राजनीति गर्न मन्त्री पुनको आग्रह

शान्तिपूर्ण राजनीति गर्न मन्त्री पुनको आग्रह


ऊर्जा जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई शान्तिपूर्ण राजनीति गर्न सुझाव दिएका छन् ।

रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको कार्यक्रममा उनले संविधानमा चित्त नबुझेको भए जनमत प्राप्त गरी संशोधन गर्न सकिने भएकाले जनताको मतमा विश्वास गर्न उनिहरुलाई आग्रह पनि गरे ।

मन्त्री पुनले शान्ति प्रकृयामा असन्तुष्टि हो भने कहाँकहाँ असन्तुष्टि भएको हो, बसेर बहस गरौं भन्दै विगत जस्तो कमजोर सरकार नभएकाले राज्यलाई चूनौती दिने गरी हिंसात्मक गतिविधि भए सरकार चुप लागेर बस्न नसक्ने धारणा व्यक्त गरे ।

सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता उपलव्धी उल्टाउने गरी विभिन्न शक्ति केन्द्र लागि परेको उल्लेख गर्दै उनले विप्लव नेतृत्वको नेकपालाई समेत त्यस्ता शक्ति केन्द्रले प्रयोग त गरेका छैनन् भनी प्रश्न गरे ।

मन्त्री पुनले मन्त्रिमण्डलमा हेरफेरको चर्चा हल्ला मात्र भएको बताउँदै यो सरकार पाँच वर्षसम्म रहने धारणा व्यक्त गरे ।