संविधानअनुसार भएको निर्वाचनमा सहभागी भएर संविधानअनुरूप गठन भएको सरकारका मन्त्रीहरू संविधानका विरुद्ध उत्रिएको दुई महिना नपुग्दै दुई नम्बर प्रदेशका एक सरकारी जागिरेले अर्को हर्कत देखाएका छन् ।
दुई नम्बर प्रदेश सरकारको महान्यायाधिवक्ता रहेका दीपेन्द्र झाले सरकारविरुद्धको एक कार्यक्रममा सहभागी हुन आफैँले निम्तोपत्र छापेर बाँडेका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै भइरहेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेको स्मरण गर्न आयोजित कार्यक्रममा सहभागी बन्न झाले निम्तोपत्र बाँडेका हुन् ।
उनले कात्तिक २९ गते बिहीबार जलेश्वरको जिरो माइल चोकमा आयोजित कार्यक्रममा सहभागिताका लागि प्रदेशका नाम चलेका व्यक्तिहरूलाई निम्ता पुऱ्याएका छन् । यसप्रकारको कार्यमा महान्यायाधिवक्ता आफैँ लाग्नुलाई यहाँ आश्चर्यजनक र दुःखद मानिएको छ ।
महान्यायाधिवक्ताको काम संविधानविरुद्धको समारोहका निम्ति मान्छे जुटाउनु हो कि मुख्यमन्त्रीलाई आवश्यक कानुनी सुझाव दिनु हो भन्ने प्रश्न पनि यहाँ उठ्न थालेको छ ।
प्रतिक्रिया