सीके राउत सर्वोच्चमा, शुक्रबार सुनुवाई गरिने

सीके राउत सर्वोच्चमा, शुक्रबार सुनुवाई गरिने


छुट्टै मधेस राज्यको माग चर्काएर चर्चामा आएका सीके राउतलाई विहिबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतमाथि राज्य विद्रोहकोे मुद्दा चलिरहेको छ ।

राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदातलको आदेशअनुसार सर्वोच्चमा उपस्थित गराइएका सीकेको मुद्दा सुुनुवाइका लागि शुक्रबार पेशी तोकिएको छ ।