पाठक मञ्च

पाठक मञ्च


pathakmanchअब लाग्यो कि घैंटामा घाम ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए, गए । तर, उनको नेपाल भ्रमण एउटा छिमेकी देशको प्रधानमन्त्री आउनु र जानुमा मात्र सीमित रहेन । मोदीले जुन किसिमको अभिव्यक्ति दिएर नेपालीको मन जिते, यो अकल्पनीय रह्यो । नेपाली नेताहरू मोदीको छायामा यसरी परे कि उनीहरूले आफ्नो वास्तविक औकात अब बुझे होलान् । हाम्रा नेताहरूलाई होच्याउन खोजिएको होइन । तर, भाँडभैलो मच्चाएर, शस्त्रअस्त्र र विद्रोह–विध्वंशका कुरा गरेर मात्र आफूलाई ‘नेता’ बनाएकाहरूले मोदीबाट सिके होलान् कि विनास होइन विकासका कामबाट मात्र एक्काइसौँ शताब्दीको नेता बन्न सकिन्छ । आ–आफ्ना सङ्कुचित स्वार्थका लागि मात्र खट्नु राजनीति हुन सक्दैन, उद्दात्त सोच–विचार कर्मले मात्र मुलुकको नेता कहलिन सकिन्छ । वास्तवमा, भारत शत्रु होइन सबभन्दा नजिकको मित्र सावित हुन सक्छ भन्ने सङ्केत प्रस्टसँग गरेर मोदी फर्किएका छन् । भारतको विरोध गरेरै ‘राजनीति’ धानिरहेका कथित नेताहरूले शिक्षा लिएकै हुनुपर्छ । अब पनि आफूहरूलाई सुधार्न सक्दैनन् भने चाहिँ यिनीहरूबाट मुलुकले कहिल्यै निकास पाउन नसक्ने पक्का छ ।
– त्रिलोचन अधिकारी, हाल : सिनामङ्गल, काठमाडौं