आज दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा बस्न लागेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसा बैठकमा नेपाल विद्यार्थी संघको विधान पारित गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची रहेको छ । कांग्रेसको भ्रातृ संस्था नेविसंघको कार्यसमितिको समयावधि मंसिर २ गते अर्थात भोलि आइतबार सकिदैछ । यसअघि, दुईवर्षे कार्यकालका लागि संघको ११ औं महाधिवेशन ०७३ भदौमा भएको थियो ।
शनिबारको बैठकले संघको विधान पारित गरी १२ औं महाधिवेशनको तय गर्न आवश्यक निर्णय लिने जनाइएको छ ।
प्रतिक्रिया