धरापमा क्यान्सर अस्पताल-वीरेन्द्रमणि पौडेल

धरापमा क्यान्सर अस्पताल-वीरेन्द्रमणि पौडेल


गिनिज बुक अफ वल्र्ड रेकर्डमा बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डाक्टर, नर्स र सम्बद्ध कर्मचारी जसले सेवा ठप्प पारे, ताल्चा ठोके, तिनीहरूको नाम अब ‘गिनिज बुक’मा लेखाउनैपर्ने भएको छ । गिनिज बुकमा यस्ता व्यक्ति वा व्यक्तिहरूको नाम लेखिन्छ जसले संसारमा अरूको भन्दा नितान्त नौलो काम गर्छन् । बडेबडे युद्ध हुन्छ संसारमा र युद्धरत पक्षहरूले कहिल्यै पनि अस्पताललाई जानी-बुझीकन क्षति पुर्‍याउँदैनन् । युद्ध लड्नेहरू कोही अस्पताललाई आफ्नो सन्तानलाई जस्तो माया गर्छन् भने कसैले आफूलाई जन्माउने आमालाई जस्तै सम्मान गर्छन् । हजारौँहजार मन्दिर, चर्च, मस्जिद र गुम्बाहरूभन्दा एउटा अस्पताल बढी महत्त्वपूर्ण हुन्छ । किनकि, आस्थाको रूपमा पूजा गरिने मन्दिर, मस्जिद, चर्च, गुम्बा र अन्य तर्ीथस्थलहरूमा स्वस्थ हुँदा जाने गरिन्छ । बिरामी हँुदा अस्पताल गइन्छ । बलिया र सक्नेहरू तर्ीथस्थल जान्छन्, बिरामीहरू अस्पताल जान्छन् । हिन्दर्ूधर्म मान्नेहरू मन्दिरमा जान्छन् । क्रिश्चियनहरू चर्चमा जान्छन् । मुस्लिमहरू मस्जिदमा जान्छन् र बौद्ध धर्मावलम्बीहरू गुम्बामा जान्छन् । आ-आफ्नो रीतिरिवाजअनुसार पूजाआजा, व्रत-ध्यान गर्छन् । मन्दिर जानेहरू मस्जिदमा र मस्जिदमा जानेहरू मन्दिरमा हत्तपत्त गएको देखिँदैन । गुम्बामा जानेहरू चर्चमा र चर्चमा जानेहरू गुम्बामा गएको पनि खासै देखिँदैन । आ-आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराअनुसार आ-आफ्ना तर्ीथस्थलमा जान्छन् र आस्था प्रकट गर्दछन् । तर, जहाँसम्म सवाल अस्पतालको छ- नेपालको अस्पताल होस् वा चीनको, भारतको अस्पताल होस् वा अमेरिकाको जुनसुकै अस्पताल जहाँसुकैको अस्पताल होस् संसारका हरेक धर्मावलम्बी अस्पताल जान्छन् उपचारका लागि । खाने, लाउने, धर्म, संस्कृति मान्ने कुरामा फरक वा भेदभाव हुन सक्ला तर उपचारको सवालमा, अस्पताल प्रवेशका सवालमा कुनै भेदभाव हुँदैन र सबै धर्मका, हरेक राष्ट्रका मानिस अस्पताल जान्छन् चाहे अस्पताल जुनसुकै देशमा किन नहोस् । यस्तो भेदभाव नहुने संसारका मानव जगत्ले संरक्षण गर्ने र उपचार कार्य कहिल्यै बन्द नगरिने स्थल अस्पताल नेपालमा बन्द गरियो त्यो पनि क्यान्सरजस्तो भयानक रोगको उपचार गरिने अस्पताल । अपराधको उच्चतम् नमुना प्रदर्शन गरियो । यस्तो अपराध दुनियाँमा हत्तपत्त कसैले गर्न सकेका छैनन् । नेपालमा गरियो त्यसैले अस्पताल बन्द गनर्ेर्ेेको नाम गिनिज बुकमा लेख्न उपयुक्त हुन्छ भनियो ।
अस्पताल बन्द गराएर बिरामीमाथि गरिएको अत्याचारबाट मुक्ति दिलाउन कसैले प्रयास गरेन । सिङ्गो सरकारले मौनधारण गर्‍यो । नेपाली काङ्ग्रेस पार्टीका सभापति सुशील कोइरालाले क्यान्सर अस्पताल बन्द भएको समाचार पढे, टेलिभिजनमा हेरे तर बोलेनन् । एमालेका नेताहरूले उपचार नपाएर क्यान्सर अस्पतालमा बिरामीले प्राण त्यागेको समाचार पढे, हेरे तर बिरामीको पक्षमा अस्पताल खोल्ने सवालमा दयाभाव देखाएनन् । माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई चितवन आए र क्यान्सर अस्पतालको समस्या समाधानमा चाँडै पहल गर्ने बताए तर पहल गरे गरेनन् केही अत्तोपत्तो भएन । क्यान्सर अस्पताल बन्द गरेर नेपालमा मानवअधिकार हनन् गरिएको खबर काङ्ग्रेस, एमाले, माओवादीबाहेकका अन्य दलहरूले सुने, देखे, पढे तर मानवता प्रदर्शन गरेनन् । अस्पताल सञ्चालन गरसम्म भनेनन् । बिरामीको ‘गुहार, गुहार उपचार देऊ’ भन्ने पीडा र आँसु घोलिएको आवाजलाई लेख्ने पत्रकारले लेखेर, बोल्ने पत्रकारले बोलेर र दृश्य प्रसारण गर्ने पत्रकारहरूले प्रसारण गरेर सरकार र दलहरूको ध्यान आकर्षण गराए तर कसैले सुनेनन् । कोही बोलेनन् । एउटा ज्योति बानियाँ नामका नेपाली जनताले राम्रोसँग चिनिनसकेका काठमाडौंमा बस्ने व्यक्तिले सुनेछन् र कुन्नि के सोचेर हो उनले सर्वोच्च अदालतमा रिट दायर गरिदिए । अदालतले चौबीस घन्टाभित्र अस्पताल सञ्चालन गराउन आदेश दियो र ठसठस कन्दै अस्पतालको ताला खोलियो र कमसेकम बिरामीको उपचार गर्न सुरु गरियो । धन्य हो सर्वोच्च अदालत ! जसको आदेशबाट अन्य थप बिरामीहरूले उपचार नपाएर मर्न परेन । उपचार पाएर मर्नु बेग्लै कुरा हो । यतिबेला अस्पतालमा उपचार त सुरु भयो तर को हो निर्देशक भन्ने विवाद टुङ्गिएको छैन । यदि यो विवाद टुङ्ग्याउन सकिएन भने पुन: द्वन्द्व चर्किएर जाने निश्चित छ । तीनवर्षे कार्यकाल सिध्याएका भक्तमान पुन: त्यही कर्ुर्सर्ीी टाँसिन मरिहत्ते गरिरहेका छन् । एकथरीले कानुनसम्मत लक्ष्मीनारायण सिंहलाई नियुक्त गरिएको बताइरहेका छन् । पक्ष-विपक्षमा उभिएर एक-अर्काप्रति चोरऔंला ठड्याउनेहरू थुप्रै छन् तर अस्पतालको अस्तव्यस्त स्थिति जस्ताकोत्यस्तै छ ।
हुन पनि सिङ्गो नेपाल जसरी-तसरी काठमाडौंको सिंहदरबारबाट चलिरहेको हुँदा क्यान्सर अस्पताल पनि स्वायत्त बताइए पनि त्यतैबाट निर्देशित र सञ्चालित छ । यतिबेला बालुवाटार, संविधानसभा भवन र सिंहदरबार सरकार फेरबदल, शान्तिप्रक्रिया, लडाकु समायोजन, संविधान निर्माणजस्ता शीर्षकहरूमा विभिन्नखाले स्वार्थका कारण अलमलिएका छन् । संविधानसभा कहिलेसम्म जीवित राख्ने हुन् थाहा छैन । सरकारको आयु कति हो थाहा छैन । जनआन्दोलनको उपलब्धिको रक्षा दलहरूले गर्न सक्लान्-नसक्लान् थाहा छैन । सत्ता स्वार्थले अन्धो भएका राजनीतिक दलहरूको आपसी नकारात्मक टकरावले काठमाडौंकेन्द्रित राज्यसत्ता धरमराएर कुनै पनि बेला संयुक्त राष्ट्रसंघले असफल राज्य घोषणा गर्ने स्थिति टड्कारो देखिएको छ भने त्यही असफलताको पगरी गुथ्ने अवस्थामा पुगेको काठमाडौंको पिलन्धरे सरकारले कसरी फुर्सद पाओस् र भरतपुरको क्यान्सर अस्पताल जोगाओस् । एउटा राजा श्री ५ ज्ञानेन्द्रलाई धपाएर पार्टी प्रमुखको रूपमा २८ वटा ‘श्री ५’ हरू संविधानसभा भवनमा छिरे । मौसमअनुसार २८ दलबाटै अन्य श्री ५ हरूको पनि जन्म भइरहेको छ र श्री ५ हरूबीच संविधान निर्माण र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनभन्दा सत्ता हात पार्न लडाइँ जारी छ । काठमाडौंमा श्री ५ प्रचण्ड, श्री ५ बाबुराम, श्री ५ सुशील, श्री ५ रामचन्द्र, श्री ५ झलनाथ, श्री ५ माधव, श्री ५ उपेन्द्र र अन्य दलका राजनीतिक ‘श्री ५ बडे महाराजा’हरूका बीच घमासान लडाइँ जारी छ र त्यो लडाइँले मुलुकलाई लामो समयसम्म थला पार्नेछ ।
यता चितवनका श्री ४ छोटे राजनीतिक महाराजाहरूको इशारामा नाङ्गो नाच प्रदर्शन गर्ने ‘श्री ३ छोटे स्वास्थ्यकर्मी’ भक्तमान र लक्ष्मीनारायण अनि अदृश्य रूपमा ‘श्री ४ एमाले’ चितवनको काँधमा बन्दुक राखेर पड्काई भक्तमान र लक्ष्मीनारायणलाई लडाउन सिपालुहरूबीचको लडाइँ अब त्यो बिन्दुमा पुगिसकेको छ जुन बिन्दुबाट माथि गए पनि अस्पताल बन्द र तल गए पनि अस्पताल धरापमा पर्ने स्थिति प्रस्ट देखिन्छ । माथिल्लो बिन्दुको अर्थ हुन्छ- लड्दालड््दै सकिने, तल्लो बिन्दुको अर्थ हुन्छ- भक्तमान, लक्ष्मीनारायण र अदृश्य खेलाडी चिकित्सकलाई जागिरबाट हटाउने । माथिल्लो बिन्दुतर्फ प्रस्थानले अस्पताल चाँडै ध्यस्त हुन्छ । तल्लो बिन्दुतर्फको प्रस्थानले अस्पताल चल्न मुस्किल हुन्छ । अबको दुवै विकल्प क्यान्सर अस्पताल जोगाउन मुस्किल हुने खालको रहेको स्पष्ट देखिन्छ । काठमाडौंका बडे ‘श्री ५’हरूको लडाइँले ज्यादासेज्यादा मुलुकै असफल होला, भोकमरीको चपेटामा परेर विदेशी हेलिकोप्टरले आकाशबाट फ्याँक्ने बासी पाउरोटीको टुक्राका लागि नेपाली-नेपालीबीचमा कुटाकुट होला तर त्यति भईकन पनि लामो समयको अन्तरालमा मुलुक पुन: सम्हालिन सक्छ । तर, जब यो प्रकारको क्यान्सर अस्पताल ध्वस्त हुन्छ शायद कहिल्यै पनि पुन: त्यस्तै र त्यही स्थानमा निर्माण गर्न सकिँदैन । महत्त्वपूर्ण र राष्ट्रिय गरिमाका रूपमा रहेका धरोहरहरू एकपटक विनाश भएपछि पुन: निर्माण गर्न नसकिएको उदाहरणहरू विश्वमा जताततै भेटिन्छन् । उत्तम उपाय यही हुन सक्छ- राजनीतिक ‘श्री ५ बडेमहाराजा’हरूले राजनीतिक जटिल मुद्दाहरूलाई समेत छोटो समयका लागि थाँती राखेर भए पनि नेपालको गौरव र गरिमाको रूपमा रहेको बीपी मेमोरियल क्यान्सर अस्पताललाई जोगाउनैपर्छ । ‘श्री ३’ छोटे चिकित्सकहरूमाथि ठाडो हस्तक्षेप गर्नैपर्छ चाहे तिनकाबारे नयाँ र कठोर निर्णय लिन किन नपरोस् ।