नेविसङ्घको महाधिवेशन र विधान टुंगो लगाउन केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेविसङ्घको महाधिवेशन र विधान टुंगो लगाउन केन्द्रीय कार्यसमितिको बैठक बस्दै


आज दिउँसो २ बजेका लागि नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । नेपाल विद्यार्थी सङ्घको महाधिवेशन र विधान टुंगो बैठक बोलाइएको हो ।

यसै विषयमा छलफलका लागि शनिबार बोलाइएको बैठक औपचारिक रुपमा सुरु मात्र भएकाले थप छलफल गार्न पुनः आज बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले घटना र बिचारलाई जानकारी दिए । बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गठित निर्देशक समितिले ल्याउने प्रस्तावमाथि छलफल हुने बुझिएको छ । २ वर्षीय कार्यकाल रहेको नेविसंघको म्याद ३ महिना थप गरिएको अवधि पनि आइतबार सकिंदैछ । अब अर्को तदर्थ समिति बनाउने कि अहिलेकै समितिको म्याद अर्को महाधिवेशनसम्म लम्ब्याउने भन्नेबारेमा नेताहरुबीच विवाद भने चलिरहेको छ । उता, नेताहरुबीच नेविसंघमा ३२ वर्षे उमेर हदका विषयमा पनि मतभेद कायर्म छ ।