समयमै महाधिवेशन गर्न नसकेको आरोप खेप्दै आएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले महाधिवेशनको लागि पुनः थप म्याद पाउने भएको छ । तीव्र विवाद र विरोधका बाबजुद कांग्रेस नेतृत्वले नेवि संघको वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर महाधिवेशन गर्न निर्देशन दिने भएको छ । नेविसंघको विधानअनुसार यसअघि २ वर्ष गुजारेर तीन महिना थपिएको म्याद आजबाट सकिँदैछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संकेत गरेअनुसार संघको महाधिवेशनका लागि पुनः २(३ महिना अवधि थपिने छ । संघको वर्तमान नेतृत्वप्रति नरम हुँदै यसरी म्याद थप्न पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ ।
आज आइतबार बस्ने केन्द्रीय समिति बैठकले यो निर्णय गर्ने र लगत्तै सार्वजनिक गरिने प्रवक्ता शर्माको भनाई छ ।
ज्ञात रहोस्, थपिएको समयमा समेत संघको अधिवेशन गर्न नसकेको भन्दै नेवि संद्दका उपाध्यक्ष कुन्दनराज काफ्लेलगायतले अध्यक्ष नैनसिंह महरविरुद्ध अभियान चलाउँदै आएका छन् भने कांग्रेसका पौडेल पक्षीय नेताकार्यकर्ताले यस अभियानमा साथ दिएका छन् ।
प्रतिक्रिया