जिल्ला सम्मेलनको तयारीमा गुल्मी कांग्रेस

जिल्ला सम्मेलनको तयारीमा गुल्मी कांग्रेस


रमेश विश्वकर्मा, गुल्मी

नेपाली कांग्रेस गुल्मीले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । बीपी स्मृति भवन तम्घासमा बसेको जिल्ला कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलन यहि मंसिर २० र २१ गते हुने पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलनको पहिलो दिन वृहत भेला तथा आमसभा हुने बताइएको छ भने दोस्रो दिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहका निम्ति प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ ।

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको उपस्थितिमा प्रथम जिल्ला सम्मेलन हुने पार्टी सचिव खिलध्वज पन्थीले बताए ।