कोइरालाको एकताले कांग्रेसलाई लाभ पुग्ने देउवाको भनाइ

कोइरालाको एकताले कांग्रेसलाई लाभ पुग्ने देउवाको भनाइ


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने धारणा राखे ।

देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पारे । पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उनले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने दाबी गरे ।

तस्बिर रासस