कात्तिकमा रसुवा भन्सारले उठायो ८७ करोड राजस्व

कात्तिकमा रसुवा भन्सारले उठायो ८७ करोड राजस्व


नेपालको चीनसँगको एक मात्र सञ्चालनमा रहेको रसुवागढी नाकाबाट कात्तिक महिनामा मात्र ८७ करोड २ लाख ८५ हजार राजस्व संकलन भएको छ ।

रसुवा भन्सार कार्यालयका अनुसार चालू आवको कात्तिक महिनामा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व असुली भएको छ । कार्यालयले कात्तिकमा ६० करोड ४५ लाख ४५ हजार राजस्व संकलन लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षको पहिलो चार महिनामा भन्सार कार्यालयले २ अर्ब तीन करोड ६६ लाख ८३ हजार लक्ष्य राखेकोमा ३ अर्ब ७४ करोड ९३ लाख १८ हजार असुली गरेको भन्सार कार्यालयका सूचना अधिकारी भूपेन्द्र कार्कीले जानकारी दिएका छन् ।

यो आवका लागि रसुवा भन्सारलाई ७ अर्ब १५ करोड ६३ लाख ५५ हजार राजस्व उठाउने लक्ष्य दिइएको छ । बाढीपहिरोले सडक अवरुद्ध हुँदा चार महिनाको राजस्व सङ्कलन असोज एक महिनामै असुली गर्न भन्सार कार्यालय सफल भएको छ ।