पोर्चुगल र कंंगोको खेल बराबरीमा
फिफा विश्वकप फूटबल प्रतियोगिताको आज (४ असार) भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो ।
खेलको १२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
४२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए भने पहिलो हाफमा थपिएको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कायो । उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बराबरीमा आयो ।
खेलको ४७औँ मिनेटमा जुड बेलिङ्हमले गोल गरेपछि इंग्ल्याण्डले पुनः खेलमा अग्रता लियो । त्यसपछि खेको ८५औँ मिनेटमा मार्कस र्यासफोडले एक गोल गरेपछि इंग्ल्यायण्डले अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल इंग्ल्याण्डले आफ्नो पक्षमा पार्यो ।
हाल प्रतियोगिताअन्तर्गत घाना र पानमाबीचको खेल भइरहेको छ भने आज बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच खेल हुनेछ ।
यस्तै, समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।
खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अधिंकाश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो । तर पहिलो हाफमा थपिएको चार मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका लागि योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत चाली चुमाएपछि खेल बराबरीमा पुग्यो ।
दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन ।
प्रतिक्रिया